दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो, किसानले प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पाउने

Thankot Times

थानकोट । 

सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो ।

किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

‘किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो’ उनले भने । यसको भार सिधै उपभोक्तामा पर्नेछ ।

अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ ।

सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँ पर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ