सशस्त्र प्रहरी बलका एआईजी दाहाल बर्खास्त

Thankot Times

थानकोट ।

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको, अनुशासनहीन कार्य गरेको तथा सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा विभागीय कारबाही गर्दै सेवाबाट हटाइएको जानकारी दिएको छ ।

यसअघि गृहले संवेदनशील सूचना चुहाएको कसुरमा दाहाललाई निलम्बन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ