म राष्ट्रपति भएपछि सडकमा जाम हुँदैन- रामचन्द्र पौडेल

Thankot Times

थानकोट । 

मुलुकको तेश्रो राष्ट्रपति चयनका लागि मतदान कार्य सुरू भएको छ । 

राष्ट्रपतिका लागि ८ दलीय मोर्चाका उम्मेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपति भएपछि सवारीकाम नाममा सडक जाम नगर्ने बताएका छन् ।

मतदानअघि मतदातालाई भेट्न छिटो गरी बानेश्वर पुगेका पौडेलले आफू राष्ट्रपति भएपछि राजतन्त्रको राष्ट्राध्यक्ष भन्दा गणतन्त्रको राष्ट्राध्यक्ष कसरी फरक हुन्छ देखाउने बताएका हुन् ।

‘पहिलेका कमजोरीका कुराबाट पाठ सिकेर काम गर्छु । आलोचनाबाट पाठ सिकेर काम गर्छु’, पौडेलले भने, ‘म राष्ट्रपति भएपछि सडकमा जाम हुँदैन । राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्टाध्यक्षमा के फरक र भिन्नता हुन्छ म देखाउँछु । सबैले भिन्नता देख्न पाउनुहुन्छ ।’

१० बजे मतदात हुने भन्दै पौडेलले सबै माननीयलाई नमस्कार गर्न आफू १० बजे अगावै मतदान केन्द्र पुगेको पनि बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *