रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज भइरहेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने भएको छ ।
पार्टीले कांग्रेस उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको एक नेताले बताए। आधाभन्दा बढी मतदान भइसकेका बेला रास्वपाले ढिला गरी निर्णय गरेको हो ।
नयाँ बानेश्वरस्थित अन्तरार्ष्ट्रिय सम्मेलन केन्द्रमा देशको तेश्रो राष्ट्रपति चयनका लागि बिहान १० बजेबाट मतदान जारी रहेको छ ।













