चम्पादेवीमा नवनिर्वाचित राष्ट्रपति पौडेल
थानकोट ।
नवनिर्वाचित राष्ट्रपति रामाचन्द्र पौडेलले कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल पार्क पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।
पौडेलले पुष्पलालको शालिकमा माल्यार्पण गर्दै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।
पौडेललाई पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुषाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए ।
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन पनि गरे ।













