राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई, प्रधानमन्त्रीले दिए मयूर झ्याल उपहार
थानकोट ।
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई गरेको छ।
सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गोपनियताको शथप लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीको राष्ट्रपति निवास शीतल निवासबाट बिदाई गरिएको हो।
उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरेको छ। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनोको रूपमा आँखीझ्याल दिएका थिए।
उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको जनाइएको छ ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन्।













