सुन चाँदीको मूल्यमा वृद्धि
थानकोट ।
कारोबार हुने साताको पाँचाै दिन आज बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला १ हजारले बढेर छापावाला सुन १ लाख ६ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५ रूपैयाँ कायम भएको छ।
बुधबार चाँदीको भाउ प्रतितोला १३ सय रूपैयाँमा कारोबार भएको थियो।













