छातीभन्दा मुनिको कपडामा राष्ट्रिय झन्डा प्रयोग गर्न र सामान पोको पार्न नपाइने

Thankot Times

थानकोट ।

टि-सर्ट वा अन्य लुगामा छातीको भागभन्दा तल राष्ट्रिय झन्डा छापिएको लुगा लगाउन नपाइने भएको छ ।

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा प्रयोग सम्बन्धी उल्लेख गरिएको छ । विधेयकको १३औँ दफामा ‘राष्ट्रिय झन्डा प्रयोगमा निषेध’ सम्बन्धी व्यवस्था छ ।

१३ को उपदफा च मा लखिएको छ-‘शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री-बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतिक/चित्र राख्न पाइनेछैन् ।’

दफा १३ अनुसार राष्ट्रिय झन्डा ७ अवस्थामा प्रयोग गर्न नपाइने भएको हो ।

दफा १३ को उपदफा (ग) अनुसार राष्ट्रिय झन्डा च्यात्न, जलाउन वा कुनै पनि सामान पोको पार्न पाइने छैन् ।

दफा १३ अनुसार राष्ट्रिय झन्डा ७ अवस्थामा प्रयोग गर्न नपाइने भएको हो ।

दफा १३ को उपदफा (ग) अनुसार राष्ट्रिय झन्डा च्यात्न, जलाउन वा कुनै पनि सामान पोको पार्न पाइने छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ