मार्सी धानको बीउ राख्न सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

जुम्लाका किसानलाई कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ ।

यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ ।

जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयबासी सत्यदेवी पाण्डेको भनाइ छ ।

कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयबासी बताउँछन् । जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *