कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र दरबन्दीमा फिर्ता हुन निर्देशन

Thankot Times

थानकोट ।

पिएसओको नाममा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र दरबन्दीमा फिर्ता हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।

साथै, कार्यविधिविपरीत खटाउने प्रहरी अधिकृतलाई समेत कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

गृहले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कसैले सुरक्षाकर्मी दुरुपयोग गरेको थाहा भएमा सूचना दिन पनि आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ