‘चन्द्रागिरिमा उद्योग तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ’- नगरप्रमुख गिरी
थानकोट ।
मेयर घनश्याम गिरीले चन्द्रागिरी नगरपालिकामा उद्योग, कलकारखाना तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको बताएका छन ।
गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले बिहीबार चन्द्रागिरिमा आयोजना गरेको ‘चन्द्रागिरिमा औद्योगिक सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै मेयर गिरीले उपत्यकाको प्रमुख प्रवेशद्धारको रुपमा रहेको यस नगरपालिकामा उद्योगको प्रचुर सम्भावना रहेको बताएका हुन्।
नगरप्रमुख गिरीले भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउँदै आगामी दिनमा उत्पादनसँगै रोजगारलाई जोड्ने गरी नगरपालिकाले काम गर्ने बताए ।
नगरप्रमुख गिरीले चन्द्रागिरिलाई सामान स्टोर गर्ने हवको रुपमा विकास गरिँदै लाने बताउँदै आवश्यक कानुन, नियम, ऐन निर्माण गरी उद्योगलाई अझ सहज बनाउने विश्वास व्यक्त गरे ।












