एमाले सचिवालय बैठक सुरु, उपनिर्वाचनका लागि उम्मेदवार छान्ने
थानकोट ।
तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
एमालेले चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उठाउने लगभग निश्चित छ । बारा २ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बुझिएको छ ।
उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।













