कीर्तिपुरमा नेकपा एसबाट मन्त्री भएका भुसाल र ज्वाला

Thankot Times

थानकोट । 

नवनियुक्त कृषि मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल र अर्का नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भ्रमण गरेका छन् ।

प्रतिष्ठानको उपाध्यक्ष समेत रहेका भुसालले मन्त्री नियुक्त भएलगत्तै पहिलोपटक प्रतिष्ठानको भ्रमण गरेका हुन् ।

मन्त्रीहरूलाई स्थानीय पार्टी कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

कीर्तिपुर नगरपालिका स्थित वडा नं ४ मा रहेको प्रतिष्ठानको कार्यालयमा  कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्री भुसालले पुष्पलालको योगदानको स्मरण गरेका थिए । 

मन्त्री भुसालले पुष्पलालको त्याग र लगनशीलताको कारण आज कम्युनिस्ट आन्दोलन यस ठाँउसम्म आइपुगेको उल्लेख गरे । साथै उनले पुष्पलालले जस्तै कठोर त्याग गर्न सम्पूर्ण कार्यकर्तालाई हौसला दिए ।

पुष्पलाल राजनीतिककर्मी मात्रै नभएर इतिहासकार समेत रहेको उल्लेख गर्दै मन्त्री भुसालले पुष्पलाल मात्रै एक्लो पञ्चायत विरोध नेता रहेको दाबी गरे । 

मन्त्री ज्वालाले लामो समयदेखि पार्टीमा योगदान गरेका भुसालले आफुभन्दा जुनियरलाई पनि मन्त्री छोड्दै, लामो त्यागपछि अहिले आएर पहिलोपटक मन्त्री बनेको उल्लेख गर्दै भुसालको प्रसंसा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *