३ हजार ४ सय सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा ३ हजार तीन सय १० दश जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्  ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जनासहित सो संख्यामा सवारी चालक कारबाहीमा परेका हुन्।

हिजो शुक्रबार लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालक पनि कारबाहीमा परेका छन् भने सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, अनावश्यक हर्न बजाउने ४६, नम्बर प्लेट स्पष्ट नलेखिएका ३१, तिव्र गतिमा सवारी गुडाउने ३ सय २ र अन्य २ हजार ६ सय ८ जना सवारी चालकलाई कारबाही उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *