बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

Thankot Times

थानकोट ।

गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

उनी आज दिउँसो १:३० बजे नेपाल वायुसेवा निगमको उडानमार्फत भारत गएका हुन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुन लागेको बैठकमा सहभागी हुन उनी भारत गएका हुन् ।

बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ