ढिस्कोमा ठोक्किएर पल्टियो हेलि एभरेष्टको हेलिकोप्टर, पाइलट घाइते

Thankot Times

थानकोट ।

हेलि एभरेष्ट कम्पनीको हेलिकोप्टर डिस्कोमा छोएर पल्टिएको छ।

धौलागिरी बेसक्याम्पबाट इटालियन बेसक्याम्पमा सामान छोडेर फर्कनेक्रममा नाइनएन एएनबी कल साइनको हेलिकोप्टर आज बिहान ११ बजे ढिस्कोमा ठोक्किएर पल्टिएको नेपाल नागरिक उड्ययन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

हेलि एभरेष्ट एयरको हेलिकोप्टरमा नेपालको पहिलो महिला पाइलट प्रिया अधिकारी मात्र थिइन्। भुलका अनुसार उनी घाइते भएपछि एयर डाइनेष्टिको हेलिकोप्टरबाट मेडिसीटी अस्पताल काठमाडौंमा उपचारका लागि ल्याइँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *