यो वर्षको अन्तिम मंगलबार आज कस्तो रहला दिनभरको माैसम !

Thankot Times

थानकोट ।

माैसम पूर्वानुमान महाशाखाले देशका केही प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ जनाएको छ । महाशाखाका अनुसार कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *