पशुपतिनाथ मन्दिरको भेटी संकलन गर्ने घ्याम्पो हरायो !

Thankot Times

थानकोट ।

पशुपतिनाथ मन्दिर परिसरमा भेटिघाटी संकलन गर्ने घ्याम्पो हराएको छ ।

यस सम्बन्धमा नेपाल प्रहरीलाई थप अनुसन्धान गर्न आग्रह गरिएको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

उनले मन्त्रालयले गरेको निर्णयका सम्बन्धमा जानकारी गराउँदै भनेका छन्, “१– यस वर्षको महाशिवरात्रीमा संचालित मेलामा सम्झौता विपरीत काम भएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने । २– पशुपतिनाथ मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराएकोमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई पठाउने ।”

माघ १४ गते पशुपतिनाथ परिसरमा भेटी संकलनमा लागि राखिएको घ्याम्पो हराएको थियो ।

त्यसको केहीघण्टापछि घ्याम्पो सोही स्थानमा राखिएको थियो । त्यसको आन्तरिक छानबिन भए पनि अब अनुसन्धानको जिम्मा प्रहरीलाई दिइएको मन्त्रीले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *