रेवती सापकोटा फेरि बने बागमती प्रदेशका सञ्चार रजिष्ट्रार
थानकोट ।
बागमती प्रदेश सरकारले मंगलबार रेवती सापकोटालाई प्रदेशको सञ्चार रजिष्ट्रारमा दोस्रोपटकका लागि नियुक्ति दिएको छ।
सापकोटालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश रजिस्ट्रारमा नियुक्त गरेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
बागमती सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली पनि स्वीकृत गरेको छ। श्रेष्ठका अनुसार सरकारले प्रदेश उच्च शिक्षा नियमावली २०७९ पनि स्वीकृत गरेको छ ।












