दुई सय किलो काजुसहित एकजना पक्राउ

Thankot Times

थानकोट ।

स्रोत नखुलेको २० लाख रूपैयाँ नगद र बिल-बिजक नभएको दुई सय किलो काजुसहित एक व्यक्ति पर्साबाट पक्राउ परेका छन्।

मंगलबार दिउँसो पैसा र काजुसहितको ट्रयाक्टरमा आउँदै गरेका अलिम मिया अन्सारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

सह-प्रवक्ता थापाका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस पोखरिया र नम्बर १३ गण पर्साबाट खटिएको संयुक्त टोलीले अन्सारीलाई पक्राउ गरेको हो।

प्रहरीले भिश्वाबाट वीरगन्जतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर विशेष सूचनाका आधारमा जाँच गरेको थियो। उक्त ट्र्याक्टरमा अन्दाजी २ लाख रूपैयाँ बराबरको दुई सय किलो काजु र एक हजार दरका दुई हजार वटा नोट (बीस लाख रूपैयाँ) फेला परेको थियो।

स्रोत नखुलेको रकम र बिल-बिजक नभएको काजु बोकेर हिँडेकाले अन्सारीलाई ट्र्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको हो। अन्सारी सोही जिल्लाको धोबिनी गाउँपालिका -५ का बासिन्दा हुन्।

थप अनुसन्धानका लागि अन्सारीलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *