सिन्धुलीमा कार दुर्घटना: ४ जना भारतीय नागरिकको मृत्यु, एक घाइते

Thankot Times

थानकोट । 

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढीगेटनजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए।

गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौ‌ं पठाउने तयारी रहेको उनले बताए।

कारमा पाँच जना सवार थिए।

मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले बताए।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन।

‘त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ’, उनले भने।

शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *