काठमाडाैंबाट सबैभन्दा नजिकै पर्ने जुगल हिमशृंखलाका पाँच नयाँ हिमाल आरोहणका लागि खुला

Thankot Times

थानकोट ।

सरकारले काठमाडौंबाट नजिक पर्ने जुगल हिमशृंखलाका पाँचवटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ती हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको हो । जुगल–१, जुगल–२, जुगल–३, जुगल–४ र जुगल–५ हिमाल आरोहणका लागि खुला गरिएको हो । 

सिन्धुपाञ्चोकमा पर्ने जुगल हिमाल काठमाडौंबाट नजिकमा पर्ने हिमाल हो । २०७५ मा जुगल हिमालको पहिलोपटक सफल आरोहण भएको थियो । ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथमपटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुराहरू पर्छन् । यो हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये ६ हजार २५६ मिटरदेखि ६ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् । 

२०७० कात्तिकमा नेपाल पर्वतरोहण संघ (एनएमए)ले खुला गर्न सकिने हिमालको संख्या मन्त्रालयमा बुझाएको थियो । मन्त्रालयले एनएमएसँग खुला गर्न सकिने हिमालको सूची मागेपछि पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको नेतृत्वमा सुझाव कमिटी गठन गरे हिमालको सूची बुझाएको थियो । उक्त सूची अनुसार नेपालमा १ हजार ७ सय  ९२ वटा हिमाल आरोहणका लागि खुला गर्न सकिन्छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ