बागमती नदी सफाइका क्रममा पेस्तोल भेटियो

Thankot Times

थानकोट । 

शनिबार बागमती नदीमा पेस्तोल भेटिएको छ ।

बागमती सफाइका क्रममा नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो । बागमती सभ्यता एकीकृत विकास समितिले शनिवार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहले बताए ।

सफाइ गर्ने क्रममा झोलासहितको सो पेस्तोल फेला परेको उनले बताए ।

पेस्तोल फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो । गौशाला प्रहरीले मुचुल्का तयार पारी भेटिएको पेस्तोल लगेको छ । त्यसबारेमा थप छानबिन हुने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *