सेती खोँचमा खसेकी बालिकाको मृत्यु

Thankot Times

थानकोट ।

कास्कीको पोखरास्थित सेती नदी किनारको खोँचमा खसेकी १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

शनिबार पोखरा महानगरपालिका–८, नागढुंगाकी स्मृति पराजुली घुम्न जाने क्रममा खोचमा खस्न थिइन् ।

दिउँसो ३ बजेतिर पोखरा–१५ स्थित सेती खोचमा खसेकी उनलाई साढे दुई घण्टापछि बेहोस अवस्थामा उद्धार गरिएको थियो ।

उद्धारपश्चात् उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *