कीर्तिपुर-४ का वडाध्यक्ष अधिकारीको स्वास्थ्यलाभको कामना गर्दै बाघभैरव मन्दिरमा दीप प्रज्वलन

Thankot Times

थानकोट ।

सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयहरूले शनिबार साँझ दीप प्रज्वलन गरेका छन् ।

शुक्रबार चम्पादेवीमा आयोजित पदयात्रामा सम्मिलित हुनुभएका वडाध्यक्ष अधिकारी स्वास्थ्यमा समस्या उत्पन्न भएपछि मोटरसाइकलमा फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो ।

वडाध्यक्ष अधिकारीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको नेवा एफएमका वीरेन्द्र शाक्यले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते हुनुभएका वडाध्यक्ष अधिकारी र उहाँसँग मोटरसाइकलमा सवार मनोज बुढाथोकीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयहरूले आज बेलुकी ६:३० बजे कीर्तिपुर नगरपालिका-४ स्थित बाघभैरव मन्दिर परिसरमा सामुहिक रूपमा दीप प्रज्वलन गरेका छन्  । जहाँ सयाैं स्थानीयहरू उपस्थिति भइ दुर्घटनामा घाइते दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

तस्बिरः अभिषेक शाह


Leave a Reply

Your email address will not be published. Required fields are marked *