माई खोला हाइड्रोपावरको आईपीओ खुल्यो, वैशाख १२ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

आजदेखि माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारीपुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता सेयर आईपीओ निष्कासनका लागि छुट्याएको थियो ।

सो मध्ये सर्वसाधारणलाई १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । सो आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *