नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दशौं स्थापना दिवस मनाइयो

Thankot Times

थानकोट । 

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनको दशौं स्थापना दिवस शुक्रबार निगमको केन्द्रीय कार्यालय लगायत निगमका सबै कार्यालयहरूमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । 

शुक्रबार निगमको केन्द्रिय कार्यालय टेकुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले नेपाल आयल निगमका कर्मचारीहरुको अहोरात्र खटाईबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति भई रहेमा धन्यवाद व्यक्त गर्दै प्रजातान्त्रिक प्रणालीबाट मात्रै ट्रेड युनियनको सम्मान हुने हुँदा आफु सधै श्रमजिवी कर्मचारीको पक्षमा रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक ई. उमेश प्रसाद थानी, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रकुमार कुँवर, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र दाहाल, नेपाल आयल निगम संघका अध्यक्ष मधुमास पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो क्रममा सेवानिवृत हुनु भएका निगमका निवर्तमान निर्देशक नेत्र प्रसाद काफ्लेलाई सम्मान गरिएको थियो भने नेपाल सार्वजनिक सेवा कर्मचारी संघको गत महिना सम्पन्न महाअधिवेशनबाट निर्वाचित राष्ट्रिय समिति अध्यक्ष राजेन्द्र दाहाल लगायतका पदाधिकारी तथा सदस्यहरूलाई र निगमको यूनियनबाट प्रतिनिधित्व गर्दै नेपाल सार्वजनिक सेवा कर्मचारी संघको महाअधिवेशनबाट राष्ट्रिय समिति, प्रदेश समिति तथा जिल्ला समितिमा निर्वाचित हुनु भएका पदाधिकारीहरू सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता युनियनका केन्द्रिय अध्यक्ष विकास बखतीले गर्नुभएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *