कागेश्वरीमा भोलि आइतबार सार्वजनिक बिदा
थानकोट ।
काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिकाले भोलि आइतबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।
नगरपालिका क्षेत्रमा वैशाख शुक्ल तृतियाका दिन लाग्ने गणेश भैरव जात्राका अवसरमा नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।
अक्षय तृतियाका अवसरमा वर्षेनी कागेश्वरी नगर क्षेत्रमा गणेश भैरव जात्रा मनाउने गरिन्छ ।













