बाजुराको दहचोक केन्द्रबिन्दु बनाई ५.९ म्याग्निच्युडको भूकम्प
थानकोट ।
बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति साढे १ बजे स्थानीय दहचोक केन्द्रविन्दु बनाई ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।
बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।












