आईसीसी विश्वकप क्रिकेट लिग-२: नेपालले आज ओमानसँग खेल्दै

Thankot Times

थानकोट ।

ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे अलअमिरातमा शुरु हुनेछ ।

ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले सुखद शुरुआत गरेको थियो ।

क्यानडासँगको खेलमा रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए ।

शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नु पर्नेछ । अहिले अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।

त्यस्तै क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ र युएई ३२ खेलमा १९ अंकसहित आठौँ अर्थात् पुछारमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ