चन्द्रागिरि केबलकार सञ्चालनको समयमा हेरफेर, बिहान १० बजेबाट मात्रै चढ्न पाइने

Thankot Times

थानकोट ।
चन्द्रागिरि केबलकार सञ्चालनको समय हेरफेर हुने भएको छ । 
चन्द्रागिरि केबलकार व्यवस्थापनका अनुसार वैशाख १७ र १८ गते नियमित मर्मतका लागि बिहान १० बजेबाट साँझ ५ बजेसम्म मात्र केबलकार सञ्चालन हुनेछ ।

यसैगरी वैशाख १९ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि बिहान १० बजेबाट मात्रै केबलकार सञ्चालन हुने चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले जनाएको छ।

हाल चन्द्रागिरि केबलकार बिहान ८ बजेबाट बेलुकी ९ बजेसम्म सञ्चालन हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *