ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Thankot Times

थानकोट ।

ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई खुला गरेको आईपीओमा आज (वैशाख १७ गते) सम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ६८ हजार ६३९ कित्ता आईपीओ निष्कासन गरेको छ ।

शनिबारसम्म कम्पनीको आईपीओमा मागभन्दा ८.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ९ लाख ९४ हजार ६२४ जनाले एक करोड ९ करोड ६४ लाख ६४ हजार ७५० कित्ता आईपीओका लागि आवेदन परेको छ । 

कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *