श्रीमानले ब्युटिपार्लर जान नदिँदा ३४ वर्षीया महिलाले आत्महत्या गरिन

Thankot Times

भारतमा गत बिहीबार एक महिलाले ब्युटिपार्लर जान नपाएको झोँकमा आत्महत्या गरेकी छिन् ।

मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी हुन् ।

आफूलाई श्रीमान्‌ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकाे प्रहरीले जनाएको छ । 

१५ वर्षअघि बलराम यादवसँग विवाह गरेकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । 

रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् ।

बिहीबार साँझ कामबाट घर फर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *