पश्चिम नेपालमा ४.० म्याग्नेच्यूडकाे भूकम्प

Thankot Times

थानकोट ।

पश्चिम नेपालकाे हुम्ला जिल्लामा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार सोमबार दिउँसो २ः३५ बजे  हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन भएको छ।

भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ।

पछिल्लो समय कर्णालीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *