बुद्ध पूर्णिमाका दिन एक सय ३९ वर्षपछि चन्द्रग्रहण, नेपालबाट नदेखिने
थानकोट ।
यो वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ ।
आजको चन्द्रग्रहणमा पृथ्वीले छोपेको कालो छायाँ चन्द्रमामा देखिनेछैन् र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिनेछैन् ।
यो चन्द्रग्रहणलाई ‘पेनुमब्रल’ चन्द्रग्रहण भनिएको छ ।
यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ ।
ग्रहण राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अवधि ४ घन्टा १५ मिनेटको हुनेछ ।
चन्द्रग्रहणको सुतक काल ९ घन्टा अगाडीबाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालबाट भने देखिनेछैन, जसकाकारण यहाँ सुतककाल मानिदैँन् । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिदैँन् ।












