ध्यान गर्न नेपाल आए बलिउड स्टार अमिर खान

Thankot Times

थानकोट ।

भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् ।

भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे । 

एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । 

बलिउडमा आमिरको फरक छाप र छवि छ ।
उनले कैयौँ हिट फिल्म खेलेका छन् । टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ