सेवा प्रवाहलाई गुणस्तर र थप प्रभावकारी बनाउन चन्द्रागिरि नगरमा ‘हेलो सरकार’ सुरू गरिने !

Thankot Times

थानकोट । 

सरकारले ‘हेलो सरकार’ लाई स्थानीय तहसम्मै विस्तार गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेलो सरकारलाई थप प्रभावकारी बनाउन स्थानीय तहसम्मै लगेर गुनासो सुन्ने व्यवस्था मिलाउने बताएका हुन् ।

उनले सरकारी सेवा कार्यालयबाट हुने सेवा प्रवाहलाई गुणस्तर र थप प्रभावकारी बनाउने बताए ।

हेलो सरकारको गुनासो अहिले प्रधानमन्त्री कार्यालयमा मात्रै आउने गर्छ।

प्रधानमन्त्री कार्यालयमा आएका गुनासोलाई सम्बन्धित सरकारी कार्यालयमा पठाई गुनासो सम्बोधन गर्न निर्देशन हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *