रूकुम केन्द्रविन्दु बनाई ४.१ म्याग्नेच्यूडको भूकम्प गयो
थानकोट ।
नेपालमा केही समयअघि भुकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आइतबार बिहान २ः५९ बजे चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
करिब ५ सय बर्षदेखि पछिल्ला समय नेपालको पश्चिमी क्षेत्रमा ठूलो भुकम्प नगएको भन्दै यो क्षेत्र जोखिममा रहेको विज्ञहरु बताउँछन् ।
गत दुई वर्षदेखि यस क्षमेत्रमा लगातार स-साना भुकम्पको धक्काहरु गइरहेकोले जोखिम कम हुने आकलन समेत गरिएको छ ।












