घरबाट बाहिर निस्कनु अघि थाहा पाउनुहोस् आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट । 

माैसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

देशका केही भागमा आज पनि वर्षा र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश रगण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ