चन्द्रागिरि नगरका सामुदायिक वनका प्रतिनिधिहरूसँग मेयर तथा उपमेयरको सवाल-जवाफ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरूसँग चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी लगायतको टोलीले सामुहिक रूपमा छलफल गरेको छ ।

बुधबार चन्द्रागिरि नगरपालिकाको कार्यालयमा नगरको वातावरण तथा विपद व्यवस्थापन शाखाको अग्रसरतामा नगरपालिका क्षेत्रभित्र पर्ने २३ वटा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरूसँग समसामयिक विषयमा छलफल गरिएको नगरप्रमुख घनश्याम गिरीको सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
बैठकमा  नगरप्रमुख गिरीले आँउदो आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा सामुदायिक वनको बारेमा पनि सम्बोधन हुने कुरा जानकारी गराउनुभएको बताइएको छ ।
सो क्रममा सामुदायिक वन उपभोक्ता समितिका लागि नगरपालिकाले अनुदान दिने तथा वृक्षारोपणका लागि सहजीकरण गर्ने विषयमा प्रतिबद्धता जनाउनुभएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
सामुदायिक वनका प्रतिनिधिहरूसँगको भेटमा नगर क्षेत्रका सामुदायिक वनको संरक्षण सँगसँगै पदमार्ग र अन्य पर्यापर्यटनका गतिविधिहरू बढाउनु जोड दिनुहुँदै नगरप्रमुख गिरीले नगर क्षेत्रका सबै सामुदायिक वन उपभोक्ता समितिहरूले एक अर्को समिति संग सहकार्य गर्न र उपभोक्ता समितिको कृयाशिलतामा कटिबद्ध रहन अनुरोध गर्नुभएको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *