सुनको मूल्य तोलाको एक लाख १३ हजार ३ सय
थानकोट ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाला सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
यसअघि, बिहीबार (हिजो) छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजबी सुन तोलाको एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














