आज शनिबार, यस्तो छ दिनभरको माैसम पूर्वानुमान !

Thankot Times

थानकोट ।

माैसम विभाग अन्तर्गतको माैसम पूर्वानुमान महाशाखाले देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जनाएको छ ।

ती भू–भागहरूमा तातो हावा चलिरहने विभागको भनाइ छ ।

अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

आज देशका पहाडी भू-भागमा बिहान आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *