रानीपोखरीमा डुबेर बालकको मृत्यु

Thankot Times

थानकोट । 

गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका-५ सिङ्लाका आठ वर्षीय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब पाँच बजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्रन नसकेपछि साथीहरूले हारगुहार गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *