एकीकृत खानेपानी तथा सरसफाई विधेयक चन्द्रागिरि नगर कार्यपालिकाबाट पास !
थानकोट ।
चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले नगरको एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक पारित गरेको छ ।
मंगलबार बसेको नगरको कार्यपालिका बैठकले सो विधयेक पारित गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
आगामी असार ७ गते बस्ने नगरको बाह्राैं नगर सभाले सो विधेयक अनुमोदान गरेमा चन्द्रागिरि नगरपालिकामा एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापनको कार्यले गति लिनेछ ।
जनप्रतिनिधिहरूको अघिल्लो कार्यकालमा नै सो विधेयक पारित गर्ने प्रयास भएको भएपनि सार्थक हुन सकिरहेको थिएन् ।
नगरप्रमुख घनश्याम गिरीको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ ‘मंगलबार नगरको सामाजिक विकास समितिबाट छलफल गरि विधायन समितिबाट पारित भई पेश भएको चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक- २०८० संशोधनसहित पारित भई असार ७ गते बस्ने नगरसभामा अनुमोदनको लागि पेश गर्ने निर्णय भएको छ’ ।
चन्द्रागिरि नगरमा समान रूपमा खानेपानी वितरण एवं व्यवस्थापनका लागि विभिन्न वडाहरूमा सो विधयेकको व्यवस्था गर्न माग हुँदै आएको छ।
चन्द्रागिरि नगरपालिकामा हालसम्म २४ वटा ऐन, ५ वटा नीति तथा कार्यक्रम, २ वटा नियमावली, ३८ वटा कार्यविधि, १ आचार संहिता, ३ वटा मापदण्ड र ३ वटा निर्देशिका तर्जुमा भईसकेका छन् ।













Very good 👍