साउन १ गतेदेखि काठमाडौंमा प्लास्टिकको प्रयोगमा निषेध
थानकोट ।
काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।
महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने बताएका हुन् ।
यस्तो छ काठमाडौं महानगरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम(पूर्णपाठ)
उनका अनुसार प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ ।
महानगरले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ । निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सिप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।












