ललिता निवास प्रकरण: थानकोटबाट समातिएका व्यक्तिको फोटो सार्वजनिक, यस्तो छ अभियोग

Thankot Times

थानकोट ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभिन्न भूमिकामा संलग्न रहेको अभियोग लगाएको  छ ।

सीआईबीले हिजो बुधबार पत्रकार सम्मेलन गरी उनीहरुको विवरणसमेत सार्वजनिक गरेको थियो ।

तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा हडपेर २०४९ सालमा व्यक्तिले जग्गा लिएको देखिएको बताए ।

थानकोटबाट समातिएका गोपाल कार्कीले सरकारी जग्गा व्यक्तिको नाममा दाखिला खारेज गर्ने क्रममा मालपोत कार्यालय डिल्लीबजारबाट तयार पारिएको १०२४ र १०२५ नं को मिसिल गायब पारेको अभियोग लागेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

अभियोग लागेका सबै जनाको तस्बिर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार सार्वजनिक गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *