एसीसी यू-१६ इस्ट जोन कप: उपाधिका लागि आज नेपाल र मलेसिया भिड्दै, ह्याट्रिक मुडमा नेपाल

Thankot Times

थानकोट ।

एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र घरेलु टाेली मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

स्थानीय बायोमास ओभल क्रिकेट मैदानमा  फाइनल हुने फाइनल खेल नेपाली समय अनुसार बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।
यहि उमेर समुहमा नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ ।

आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो ।

यसअघि साेमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *