कीर्तिपुरमा पानी तान्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
थानकोट ।
कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका १ लहना थाम्बालकी ६७ वर्षीया दिलकुमारी महर्जन रहेकी प्रहरीले जनाएको छ ।
मंगलबार बिहान आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा महर्जनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले जनाएको छ ।












