अब विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख दिइने

Thankot Times

थानकोट । 

वैदेशिक राेजगार बाेर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ।

यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो।

यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ। 

वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई  हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको बताए सेतोपाटीमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ