भटाभट समातिँदै जुवातासमा रमाउनेहरू, कीर्तिपुरबाट समातिए ५ जना

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले जुवातासमा रमाइरहेका व्यक्तिहरू पक्राउ गर्ने क्रम जारी राखेको छ । पछिल्लो पटक प्रहरीले काठमाडाैं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडाैं महानगरपालिका-६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटि)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  

उपर्यूक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ